Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः जोगियो कोशी प्रदेशको सरकार

हाम्रो कोशी आवाज
असार २७ २०८०, बुधबार
अन्ततः जोगियो कोशी प्रदेशको सरकार

धरानः सर्वोच्च अदालतले नवगठित कोशी सरकारविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जोगिएको छ । लगातार तीनदिन पेसी तोकिए पनि हेर्न नभ्याइएको रिट निवेदनमा आज सुनुवाइ भएर आदेश जारी भएको हो ।
अदालतले थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने सन्दर्शमा पेश भएका प्रस्ताव, समर्थन, दावी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुख कार्यालयको भएको निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र पेश गर्न पनि आदेश जारी गरेकाे छ ।
थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिट निवेदनमा असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशसमेत माग गरिएकाे थियाे ।

प्रकाशित मिति: असार २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend