Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नहरमा डुबेर युवा बेपत्ता, एकको जीवितै उद्धार

हाम्रो कोशी आवाज
असार २८ २०८०, बिहिबार
नहरमा डुबेर युवा बेपत्ता, एकको जीवितै उद्धार

मोरङ: मोरङको जहदा गाउँपालिका–३ मा नहरमा डुबेर एक जना बेपत्ता भएका छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । नहरमा पौडी खेल्ने क्रममा डुबेर भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशी बेपत्ता भएका हुन् ।
गणित जहदा–३ स्थित मामा घरमा बस्दै आएका थिए । उनी जहदा–३ का १८ वर्षीय दीपेश राजवंशीसँग पौडी खेल्न नहरमा छिरेका थिए । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले प्रहरी चौकी मझारेबाट खटिएको टोलीले स्थानीयको सहयोगमा दीपेशलाई भने सकुशल उद्धार गरेको छ । जीवितै उद्धार गरिएका उनको अवस्था सामान्य रहेको डीएसपी दाहालले बताए ।

प्रकाशित मिति: असार २८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend