धरानः मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।
धनकुटा–९ छिम्छुवास्थित त्रिवेणी–मूलघाट भित्री कच्ची सडक खण्डमा मूलघाटबाट त्रिवेणीतर्फ जाँदै गरेको को६प २१४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा
शहिदभूमि–१ बस्ने ३० वर्षीय नरबहादुर राई सहिदभूमी–१ सफाइधाप बस्ने ३० वर्षीय पूर्णबहादुर कटुवाल गम्भीर घाइते भएका थिए । घाइतेमध्ये राईको उपचार गर्न ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । कच्ची सडक र हिलाम्मे बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
यस्तै, बिहीबार राति साढे ९ बजे मोरङको सुन्दरहरैचा–१ डाँगीटोलमा को१०प ९०१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुन्दरहरैंचा–१ डाँगीटोल बस्ने २४ वर्षीय नविन चौधरीको मृत्यु भएको छ । उनी पैनीको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तीब्रगतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको शिवसताक्षी–१ कमल पुलस्थित पूर्व पश्चिम लोकमार्गमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र मे७प ८५९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बुद्धशान्ति गाउँपालिका बस्ने ४० वर्षीय उपेन्द्र सिग्देलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार थिए ।
चालक झापाको अर्जुनधारा–११ बस्ने ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । अटो चालक झापा गाउँपालिका–२ बस्ने ३० वर्षीय श्यामसुन्दर महतो इप्रका झिलेझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, राति साढे ८ बजे झापाको मेचीनगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा नम्बर अल्फाबेट नखुलेको बुलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राजन विक रहेको प्रहरीले जनाएको छ ।






