Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिरोले घर पुरिँदा एकको मृत्यु, चार जना घाइते

हाम्रो कोशी आवाज
असार ३० २०८०, शनिबार
पहिरोले घर पुरिँदा एकको मृत्यु, चार जना घाइते

तेह्रथुम: तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । आठराई गाउँपालिका–२ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो ।
पहिरोले पुरेको स्थानबाट उद्वार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । ८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् ।
घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण शुक्रबार दिउँसो १२ बजे देव थलङको घर पहिरोले पुरिएको थियो ।

प्रकाशित मिति: असार ३० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend