Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी किनारमा युवतीबीच ग्याङ फाइटः एक युवती पक्राउ, ४ जना फरार

हाम्रो कोशी आवाज
साउन १ २०८०, सोमबार
कोशी किनारमा युवतीबीच ग्याङ फाइटः एक युवती पक्राउ, ४ जना फरार

धरानः सप्तकोसी नदी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका— १० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न अन्य ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रीति लिम्बूलाई आइतबार राति पक्राउ गरिएको हो। कुटपिट घटना गत असार २९ गतेको हो । प्रीतिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए । १९ वर्षीया मनिषा राई, नाम नखुलेका १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । लिम्बूमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: साउन १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend