Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी नदी किनारमा युवती कुट्ने अन्य दुई युवती पनि सार्वजनिक, पाँचैजना पक्राउ

हाम्रो कोशी आवाज
साउन ५ २०८०, शुक्रबार
कोशी नदी किनारमा युवती कुट्ने अन्य दुई युवती पनि सार्वजनिक, पाँचैजना पक्राउ

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित युवतीहरूमाथि कुटपिट गर्ने पाँचैजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार २७ गते साँझ ५ बजेतिर भएको घटनामा संलग्न पाँचैजनालाई विभिन्न मितिमा पक्राउ गरी सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार पक्राउ पर्नेहरूमा बराहक्षेत्र १० की १९ वर्षीया प्रीति लिम्बू, बराहक्षेत्र ८ की १९ वर्षीया दुर्गा राई, सोही वडाकी २२ वर्षीया विनिता उराँव, बराहक्षेत्र ९ की १९ वर्षीया सन्जिता राई र सोही ठाउँकी १९ वर्षीया निहाङ राई रहेकी छन् ।
बराहक्षेत्र ९ कै मनीषा राईसहित तीनजनाले उनीहरूको विरुद्धमा प्रहरीमा उजुरी दिएको र कुटपिट गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तत्काल फरार रहेका उनीहरूको खोजी कार्य अगाडि बढाएको थियो । फरार रहेका दुईजना सञ्जिता र निहाङलाई पक्राउ गरी सार्वजनिक गरिएको डीएसपी राईले जानकारी दिए ।
उनीहरूको समूहले आफ्नो ब्वाइफ्रेन्डसँग बोलेको भन्दै बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नवीना विश्वकर्मा र १९ वर्षीया मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
पक्राउ परेका तीनैजनामाथि अभद्र व्यवहार मुद्वामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend