Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मनसुनजन्य घटनाः डुबेरै १० जनाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ९ २०८०, मंगलबार
मनसुनजन्य घटनाः डुबेरै १० जनाको मृत्यु

बिर्तामोडः झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेको छ ।
गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र मृतावस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । तीमध्ये चारजनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको छ । उनीहरू १३ वर्षदेखि २१ वर्ष उमेर समूहका थिए ।
त्यस्तै जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक–एक जनाको मृत्यु भएको छ भने तीन जनाको शव (नदी, खोला र नहर) डुबेको अवस्थामा फेला परेको प्रनाउ रिजालले बताए । मृत्यु भएकामध्ये एक महिला, आठ पुरुष छन् भने एक जनाको शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन बाँकी छ ।

प्रकाशित मिति: साउन ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend