Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन एमाले तयार छ: हिक्मत कार्की

हाम्रो कोशी आवाज
साउन १२ २०८०, शुक्रबार
कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन एमाले तयार छ: हिक्मत कार्की

मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।
सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्दै छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताए ।
कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

प्रकाशित मिति: साउन १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend