धरानः इटहरीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
इटहरी–१७ बालग्राममा तीनवटा सवारी साधन एकैठाउँमा दुर्घटनामा परेका थिए । प्रदेश ३–००५ प ४६७७ नम्बरको मोटरसाइकल र बा१७च ९१०५ नम्बरको कार एकापसमा ठोक्किएको थियो । कारसँग ठोक्किएको मोटरसाइकल पुनः प्रदेश १–०२–०४५ प ५८५६ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो ।
दुर्घटनामा ४६७७ नम्बरको मोटरसाइकल चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का २८ वर्षीय निलम लिम्बू र सोही मोटरसाइकलमा सवार २६ अन्दाजी २६ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको रायले जानकारी दिए । प्रहरीकाअनुसार ५०५६ नम्बरको मोटरसाइकल चालक इटहरी ४ बस्ने ४८ वर्षीय चेतनाथ भट्टराई र सोही मोटरसाइकलमा सवार बराहक्षेत्र ५ बस्ने ४८ वर्षीय कृष्ण ढकाल घाइते भएका छन् ।
४६७७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।