Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारीको ठक्करले इटहरीका एकजना पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
साउन २६ २०८०, शुक्रबार
सवारीको ठक्करले इटहरीका एकजना पुरुषको मृत्यु

इटहरीः सुनसरीको इटहरीमा सवारीको ठक्करले एकजनाको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका ३ बगैचा टोलस्थित भित्री पक्की सडक खण्डमा साइकलमा सवार इटहरी–१७ का ५५ वर्षीय वानबहादुर खड्कालाई सवारी साधनले ठक्कर दिएको पाइएको प्रहरीले जनाएको छ । राति साढे ८ बजे ठक्कर दिएको र उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
के कुन सवारी साधनले ठक्कर दियो भन्नेबारेमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend