धरानः कोशी प्रदेशका विभिन्न स्थानहरुमा आएको अविरल वर्षासँगैको बाढी पहिरोको कारण विभिन्न स्थानहरुमा सडक अवरोध भएको छ ।
ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवागन बन्द भएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरो झरी बाटो अबरोध भएको छ । इलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको, तेह्रथुमको छथर गाउँपालिका–र सिधुवा शुक्रबारे सडकखण्डको देविथानमा सडक माथीबाट पहिरो खस्दा बाटो अवरोध भएको, ताप्लेजुङको फुङलिङ नगरपालिका–८ खोक्से खोलास्थित मेची राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएकोले सो स्थानहरुमा प्रहरी टोली खटि गई स्थानीय निकायहरुसँग समन्वय गरी बाटो खुलाउने पहल भईरहेको छ ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवावारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुरयाउँदा पुल जीर्ण अवस्थामा रहेकोले सो स्थानमा समेत प्रहरी टोली खटि गई स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भइरहेको छ ।