Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाड्ने समातिए

हाम्रो कोशी आवाज
साउन २८ २०८०, आइतबार
श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाड्ने समातिए

धरानः श्रीमतीलाई मारेर गाडेर फरार भएका युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका १ डाँडागाउँका राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका उनलाई झापा प्रहरीले पक्राउ गरेको हो ।
काँकरभिट्टाबाट पक्राउ गरेर उनलाई तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए ।
२६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काकडभिट्टाबाट पक्राउ गरिएको हो । काकडभिट्टाको एउटा होटलमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो ।
घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए ।

प्रकाशित मिति: साउन २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend