धरानः कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ ।
पानीको बहाव निकै बढेपछि गएराति देखि ५६ वटै ढोका खोलिएको प्रशासनले जनाएको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ ।
सप्तकोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ।
कोशी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो ।
सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनका अनुसार अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ । बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिOg\ । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ।
ब्यारेजमा अहिले केही समयका लागि सवारी आवतजावत नै पूर्णरूपमा बन्द गरिएको छ।