Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाम्फोक प्रहार गर्दा आमा मृत्यु, छोरा समातिए

हाम्रो कोशी आवाज
साउन २९ २०८०, सोमबार
बाम्फोक प्रहार गर्दा आमा मृत्यु, छोरा समातिए

ताप्लेजुङः ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ३३ वर्षीय डिल्लीकुमार लिम्बूलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान साढे १० बजेको समयमा लिम्बूले ६३ वर्षीया आमा धनमाया लिम्बूलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी साँघुबाट प्रहरी टोली खटि गई लिम्बूलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend