Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ५४ लाखको ४ करोड ६० लाख दावी गरेपछि अन्ततः मिटरब्याजपीडितले पाए न्याय

हाम्रो कोशी आवाज
साउन ३२ २०८०, बिहिबार
धरानमा ५४ लाखको ४ करोड ६० लाख दावी गरेपछि अन्ततः मिटरब्याजपीडितले पाए न्याय

धरानः धरानका एक मिटरव्याजपीडितले न्याय पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मिटर ब्याजविरुद्धको सुनुवाइ गरेको हो । धरानका इन्द्र मोक्तान आफू पीडित भएको भन्दै प्रशासनमा उजुरी हालेको र अहिले उनलाई न्याय मिलेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
आफू पीडित भएको भन्दै प्रशासन गुहार्न पुगेका उनले न्याय पाउँदा खुशी लागेको बताए । पीडित मोक्तानले धरानकै मणिराज राईसँग चार वर्षअघि ५४ लाख रुपैयाँ ऋण ब्याजमा लिएका थिए । उनीसँग ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए । सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउन सके पीडितले सहजै न्याय पाउने बताइन् । पाण्डेले जिल्लामा ५ सय बढी मिटर ब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत बताइन् ।

प्रकाशित मिति: साउन ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend