Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राई र मगर कोशी प्रदेशभरीको सर्वोत्कृष्ट प्रहरी घोषित

हाम्रो कोशी आवाज
भाद्र ८ २०८०, शुक्रबार
राई र मगर कोशी प्रदेशभरीको सर्वोत्कृष्ट प्रहरी घोषित

जसले धरानको सेउती पुलनजिकको लुटपाटको घटनामा संलग्नलाई समात्न सफल भएका थिए र हराएका राईलाई भारतदेखि ल्याएका थिए

विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले श्रावण महिनामा प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने दुईजना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको छ ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवलका साथ आफ्नो कर्तब्य निर्वाह गर्ने कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मगर र जिल्ला प्रहरी कार्यलय खोटाङमा कार्यरत प्रहरी सहायक निरीक्षक सिर्जना राईलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक मगरले धरानको जंगल एरियामा श्रृंखलाबद्धरुपमा भएको लुटपाट र गत साउन ५ गते सेउती पुलनजिक लुटपाट गर्ने क्रममा गोली प्रहार गर्ने समूहको सुक्ष्म अनुसन्धान गरी घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका थिए ।
यस्तै, खोटाङकी प्रहरी सहायक निरीक्षक राईले खोटेहाङ गाउँपालिका–३ का १६ वर्षीय राजेश राई २०७८ पुस ८ गतेदेखि हराएकोमा खोजतलास गर्ने क्रममा छिमेकी राष्ट्र भारतको जम्मु काश्मिर उदमपुरको पलास बालआश्रममा रहेको सूचनापश्चात दिल्ली सीडब्लुसी नामक संस्थासँग आवश्यक समन्वय गरी नेपाल ल्याउने वातावरण निर्माण गरेकोले उनीहरुले गरेको उल्लेखनीय कार्यको उच्च मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले विगतदेखि नै प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु छनौट गरी प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आइरहेको छ ।

प्रकाशित मिति: भाद्र ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend