Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आलुको बोरा बोकेर हिँड्दै गरेका लिम्बूको भीरबाट खसेर ज्यान गयो

हाम्रो कोशी आवाज
भाद्र ८ २०८०, शुक्रबार
आलुको बोरा बोकेर हिँड्दै गरेका लिम्बूको भीरबाट खसेर ज्यान गयो

वसन्तपुरः तेह्रथुममा भीरबाट लड्दा एक पुरुषको मृत्यु भएको छ।
भीरबाट लड्दा लालीगुराँस नगरपालिका ८ सुङनाम का ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
बारीबाट आलुको बोरा बोकेर घरतर्फ जाँदै गर्दा उनी भीरबाट लडेका हुन्।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।
लिम्बू घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको हो। लिम्बूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: भाद्र ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend