धरानः कोशी नदीमा ठूलो बाढी आएको छ। सुनसरीको चतरामा जलसतह बढ्दो रहेकाले कटान र डुबान हुने क्षेत्रका बासिन्दालाई उच्च सकर्तकता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गरी उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन भनिएको हो।