Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ११ २०८०, सोमबार
तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु

तेह्रथुम: तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान गुनमाउनेमा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङ छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तीव्र गतिको कारण अनियन्त्रित भई मोटरसाइक दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: भाद्र ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend