Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पेट्रोल छर्केर युवाद्वारा आत्मदाह प्रयास

हाम्रो कोशी आवाज
भाद्र १२ २०८०, मंगलबार
पेट्रोल छर्केर युवाद्वारा आत्मदाह प्रयास

मोरङ:  मोरङको सुनवर्षी नगरपालिकामा एक युवकले पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सोमबार दिउँसो झापाको गौरादह नगरपालिकाका अन्दाजी २० वर्षीय एक युवकले आफ्नै शरीरमा आगो लगाएका हुन्।
उनले सुनवर्षी नगरपालिकामा रहेको आदर्श माध्यमिक विद्यालयनजिकै शरीरमा आगो लगाएको प्रवक्ता दाहालको भनाइ छ। सुनवर्षीको माझी गाउँस्थित मामाघर आएका बेला उनले आत्मदाह प्रयास गरेको दाहालले जानकारी दिए।
स्थानीयले शरीरमा लागेको आगो निभाएर उपचारका लागि उनलाई रंङ्गेली अस्पतालमा भर्ना गराएका थिए। अस्पताल प्रशासनका अनुसार घाइते सिंहको छाती, हात, खुट्टालगायतका भाग जलेको छ।

प्रकाशित मिति: भाद्र १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend