Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुख्य राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन रोक

हाम्रो कोशी आवाज
भाद्र १६ २०८०, शनिबार
मुख्य राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन रोक

धरानः सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपांग्रे रिक्सा (सिटी सफारी) चलाउन नदिने भएको छ।
इटहरीमा सिटी सफारी (तीनपांग्रे रिक्सा) कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए।
त्यस्तै इटहरी उपमहानगरमा दर्ता भएका सिटी सफारी मात्र उपमहानगरपालिकाभित्र चलाउन दिने पनि निर्णय भएको उनले जानकारी दिए।
इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर यस्तो निर्णय भएको उनले बताए।
‘अबदेखि सिटी सफारी मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको छ,’ उनले भने।
अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता गर्दै आएको छ। अहिले इ–रिक्सा सवारी कार्यविधिअनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ। इटहरीमा अन्य पालिकाको सफारी यात्रु पर्खेर बस्न नपाउने जनाएको छ। कार्यविधिअनुसार व्यवस्थित गर्दै दर्ता प्रक्रियामा नम्बरिङ पनि गरिने भएको छ।
इ–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने उपमहानगरले जनाएको छ।
इटहरीभित्र करिब पाँच हजार सफारी सञ्चालनमा रहेको र इटहरीमा केबल एक हजार एक सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ। -रासस

प्रकाशित मिति: भाद्र १६ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend