धरानः धरानमा लाखे नाच प्रतियोगिता आयोजना भएको छ । सुनसरीका टोलीहरुबीच प्रतिस्पर्धा गराइएको थियो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम नेवाः देय दबुको आयोजनामा भएको हो । मेयर साम्पाङले सो प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरान सबै जातजाति मिलेर बसेको सहर भएको बताउँदै कसैले चाहँदैमा धरानलाई सिध्याउन नसक्ने बताए ।
सुनसरी जिल्लास्तरीय प्रतियोगिता धरान आयोजना भएको हो । कार्यक्रममा लाखे नाच प्रदर्शन साथै प्रतिस्पर्धा भएको थियो । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति जर्गेना गर्न वर्षेनी यस्ता प्रतियोगिता आयोजना हुँदै आएको नेवाः देय दबु धरानका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । प्रतियोगिता हुनुअघि लाखे नाचसहितको टोलीको रयाली पनि आयोजना गरेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा कायस्थ, मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघालगायतको समेत सहभागिता थियो ।
प्रतियोगितामा नेवाः देय दबु झुम्का रामधुनी पहिलो, नेवाः देय् दबू मधुवन, बराहक्षेत्रको टोली दोस्रो र झिगु लाखे पुचः धरान तेस्रो बन्न सफल भएको थियो भने नेवाः देय दबू बालग्राम इटहरीले सान्त्वना पुरस्कार पाएको छ । बिजेताहरुलाई नगद तथा प्रमाणपत्र पुरस्कार दिइएको थियो । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र सान्त्वना ५ हजार पुरस्कार, प्रमाणपत्र प्रदान गरिएको थियो । २१ लाखे समूहले प्रतिस्पर्धामा भाग लिएका थिए ।
तस्वीरहरुः शेखरनाथ जोगी/ हाम्रो कोशी आवाज










































































यी हुन् धरानमा लाखे देखाउने युवती ।