Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बसको ठक्करबाट मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २७ २०८०, बुधबार
बसको ठक्करबाट मृत्यु

विराटनगरः मोरङको उर्लावारीमा यात्रु बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल यात्रु अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । मृतकको पहिचान खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend