Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाख्रालाई घाँस काट्न चढेका तामाङको रुखमै निधन

हाम्रो कोशी आवाज
भाद्र ३१ २०८०, आइतबार
बाख्रालाई घाँस काट्न चढेका तामाङको रुखमै निधन

झापा: बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ ।झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार सन्तबहादुर घर नजिकैको करिब ४० फुट अग्लो खरीको रुखमा बाख्रालाई घाँस काट्न चढेका थिए ।
घाँस काट्दा काट्दै उनी बेहोस् भई रुखको हाँगाको कापमा अड्किएका थिए । त्यतिबेला रुखमुनि उनकी श्रीमती फूलमाया र छोरा कुमार घाँस बटुल्दै थिए । घाँस झार्न रुख चढेका अभिभावक रुखमा अड्किएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले तामाङलाई रुखबाट निकालेको थियो । त्यबेला उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ ।

प्रकाशित मिति: भाद्र ३१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend