Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘मर्निङ वाक’मा निस्किएका प्रल्हादको भीरबाट लडेर ज्यान गयो

हाम्रो कोशी आवाज
असोज ६ २०८०, शनिबार
‘मर्निङ वाक’मा निस्किएका प्रल्हादको भीरबाट लडेर ज्यान गयो

ओखलढुंगा: ओखलढुंगामा ‘मर्निङ वाक’मा निस्किएका एक व्यक्तिको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको छ।
सिद्धिचरण नगरपालिका वडा नम्बर ४ घर भएका ४८ वर्षीय प्रल्हाद क्षेत्रीको शुक्रबार घर नजिकैको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
मर्निङ वाकमा गएको बेला उनी ढिक भिरबाट लडेका थिए। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए।

प्रकाशित मिति: असोज ६ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend