Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा धार्मिक, जातीय र पहिचान मुख्य चुनौती रहेको ‘ब्रिफिङ’

हाम्रो कोशी आवाज
असोज ९ २०८०, मंगलबार
कोशी प्रदेशमा धार्मिक, जातीय र पहिचान मुख्य चुनौती रहेको ‘ब्रिफिङ’

धरानः कोशीमा २०७९ फागुनदेखि चलेको पहिचानको आन्दोलन, केही समय यता धरानमा देखिएको धार्मिक समस्या र साम्प्रदायिक कुरा नै कोशी प्रदेशको मुख्य सुरक्षा चुनौती रहेको सुरक्षा प्रमुखहरुले उपस्थित गृहमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।
कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र समस्याको पहिचानका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको टोली आइतबारै विराटनगर आइपुगेको थियो ।
छलफलका क्रममा पहिचानको नाममा र धार्मिक मुद्दाले सुरक्षा थ्रेट बढ्ने भएकाले राज्यका उच्च नेतृत्वले राजनीतिक ढंगबाट त्यसलाई कसरी निस्तेज पार्ने भन्ने रणनीति तयार गर्नुपर्ने सुरक्षा निकायले सुझाव दिएका छन् । भदौ पहिलो साता धरानमा धार्मिक समुदायबीच विवाद उत्पन्न भएपछि सुनसरीको धरान उपमहानगरपालिकामा निषेधाज्ञा नै लगाउनुपरेको थियो । यस्तै, पहिचानको आन्दोलन विराटनगर केन्द्रित हुनसक्ने भन्दै केही दिन अगाडि विराटनगरका केही ठाउँमा दुई महिना सम्मका लागि निषेधित क्षेत्र तोकिएको छ ।
सुरक्षा बैठकमा सहभागी सुरक्षा निकायका एक उच्च अधिकारीले भने, ‘अहिलेको सन्दर्भमा साम्प्रदायिक कुरा धेरै आएका छन् । धरानको गाई काटेको कुरादेखि लिएर पहिचानवादी र हिन्दूको कुरा होलान् ।’ धार्मिक संघसंस्थाहरूले समाजमा गरिरहेका गतिविधिले प्रदेशको शान्ति सुरक्षाको अवस्थामा कस्तो असर गर्छ भनेर विश्लेषण गरिएको उनले बताए ।
सुरक्षा छलफलमा मुख्यसचिव वैकुण्ठ अर्याल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने संघीय सरकारको नेतृत्व गरेकै दलले नै प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाए । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् ।

प्रकाशित मिति: असोज ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend