Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा निर्माण भइरहेको स्मार्ट बसपार्कको काम प्रभावित हुँदा दैनिक दुई लाख रुपैयाँ घाटा (तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
असोज ११ २०८०, बिहिबार
धरानमा निर्माण भइरहेको स्मार्ट बसपार्कको काम प्रभावित हुँदा दैनिक दुई लाख रुपैयाँ घाटा (तस्वीर र भिडियोसहित)

धरानः धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधीन स्मार्ट बसपार्कविरुद्ध मुद्दामाथि मुद्दा परेर काम रोकिँदा दैनिक दुई लाख रुपैयाँ घाटा भएको निर्माण कम्पनीले जनाएको छ ।
अहिले बसपार्कको निर्माण रोकिएको छ । बसपार्कको काम रोकिँदा दैनिक दुई लाख रुपैयाँ घाटा व्यहोर्नुपरिरहेको सव इन्जिनियर सरोजकुमार यादवले जानकारी दिए ।
उच्च अदालत विराटनगरमा ६ जनाले मुद्दा दायर गरेको पाइएको छ । बसपार्क बनाउनको लागि आयोजनालाई जग्गा निःशुल्क उपलब्ध गराएका जग्गाधनीहरुले नै असन्तुष्ट बनेर आयोजना, उपमहानगरपालिका, वडा ८ को कार्यालयविरुद्ध मुद्दा दायर गरेका हुन् । धरानका मणिकुमार राई, शरणबहादुर लिम्बू, बालकुमार राई, इमानसिंह राईलगायतले उच्च अदालतमा मुद्दा दायर गरेको धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकार अबइन्द्र निरौलाले जानकारी दिए ।
अहिले अण्डरग्राउण्ड बेसमेन्टसहित अढाई तले भवनको काम भइरहेको थियो । भवनमा बेसमेन्टमा साना सवारीहरु पार्किङ रहनेछ । पहिलो ग्राउण्ड फ्लोरमा टिकट काउन्टरको संरचना हुनेछ भने पहिलो तलामा होटल, कफि हाउसलगायत रहनेछ । भवन निर्माण भइसकेपछि बाटो, गाडी पार्किङ, यात्रु प्रतिक्षालय लगायत संरचनाहरु पनि निर्माण भनिएको थियो ।
बसपार्क निर्माणको लागि सुनसरीकै दुहबीस्थित बिकोइ गिताञ्जली जेभीले ठेक्का पाएको थियो । यो कम्पनीले भ्याट विना २० करोड १८ लाख ४६ हजार १३१ रुपैयाँमा ठेक्का पाएको थियो । कम्पनीका अनुसारद्द २०८१ असार ३० गतेभित्र निर्माण कार्य सक्नुपर्ने सम्झौता छ ।
धरानका मेयर हर्कराज राई साम्पाङ धरानस्थित भानुचोकमा रहेको अस्तव्यस्त र साँघुरो बसपार्कमा आफैं पनि झन्डै ठोक्किएको भन्दै आक्रोशित समेत बनेका छन् । साँघुरो बसपार्क सार्नुपर्नेमा उल्टै मुद्दा हालेको भन्दै उनले आक्रोश पोखेका हुन् । उनले विकास गर्न भनेर लागिपरेपनि मुद्दाको मुद्दाले हैरानी व्यहोर्नुपरेको समेत बताए ।

 

प्रकाशित मिति: असोज ११ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend