धरानः छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७२ वर्षीय भीमबहादुर राई रहेको प्रहरीले जनाएको छ । उनको छोरा रमेश राईले मोटरसाइकल चलाएका थिए ।
मोरङको बेलबारी–२ लालभित्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को३६प ९३६८ नम्बरको १५० सिसीको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
उपचारको लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । छोरा रमेशको उपचार भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।