Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले कोशी प्रदेश अध्यक्षमा ओलीनिकट घनश्याम खतिवडा निर्वाचित

हाम्रो कोशी आवाज
असोज १६ २०८०, मंगलबार
एमाले कोशी प्रदेश अध्यक्षमा ओलीनिकट घनश्याम खतिवडा निर्वाचित

धरानः नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
खतिवडाले ५१२ ले मत प्राप्त गरे भने ढकालले ४३० मत पाए । खतिवडा अध्यक्ष केपी केपी शर्मा ओली निकटका मानिन्छन् भने ढकाल पूर्वराष्ट्रपति विधा भण्डारी निकट हुन् ।
उपाध्यक्षमा टिकाराम चेमजोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा राजकुमार भण्डारी निर्वाचित भएका छन् । भण्डारीले शैलेश लामालाई पराजित गरे। भण्डारीले ५२४ मत प्राप्त गर्दा लामाले ३८१ मत पाए ।
उपसचिवमा जलवर्षा राजवंशी निर्वाचित भएका छन् । दुई जना उपसिचवका लागि तीन जना प्रतिस्पर्धि थिए । अर्को उपाध्यक्षमा देवान राई निर्वाचित भएका छन् । राजवंशीले ६२८ मत प्राप्त गरिन् भने राइले ६१० मत प्राप्त गर्दै निर्वाचित भए । खेम नेपालीले ३९७ मत पाए ।
ओलीले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएपनि खतिवडा र ढकाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।
दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा ९७७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित खतिवडा र पराजित ढकालले यसअघि मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । २०६६ सालमा खतिवडालाई पराजित गर्दै ढकाल एमाले मोरङको जिल्लाध्यक्ष निर्वाचित भएका थिए ।
त्यतिबेला ढकाल ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामाने भएका हुन् ।

प्रकाशित मिति: असोज १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend