Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको चक्रघट्टीबाट विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास समातिए

हाम्रो कोशी आवाज
असोज १६ २०८०, मंगलबार
सुनसरीको चक्रघट्टीबाट विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास समातिए

धरानः साम्प्रदायिक र धार्मिक द्वन्द्व सिर्जना गरेको आरोपमा प्रहरीले र विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास (दिनेश पण्डित) पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा आएर भाइरल भएपछि प्रहरीले सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।
साम्प्रदायिक र धार्मिक द्वन्द्व सिर्जना गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताए । उनले केही दिन अगाडि उनले हातमा खुकुरी बोकेर गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । श्रीनिवासको सोही अभिव्यक्तिलाई लिएर प्रहरीले सोधपुछ गर्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी भण्डारीले जानकारी दिए । ‘केही कुरा बझनुनर्पे भएकोले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थितको लागि बोलाइएको हो,’ उनले भने, ‘थप अनुसन्धानपछि मात्र अरु विषयमा भन्न सकिन्छ । अहिलेलाई मैले यति नै भने । प्रहरी स्रोतका अनुसार उनलाई आज सुनसरीमा राखेर भोलि धनुषा पठाइनेछ ।
श्रीनिवासले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्दै अभिव्यक्ति दिँदै त्यस्तै गतिबिधि गर्दै आएका छन् । यसअघि आचार्य आफैलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । २०७४ चैत २५ गते उनलाई गोली प्रहार भएको थियो ।

प्रकाशित मिति: असोज १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend