Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इजरायल आक्रमणमा सुनसरीका एकजनासहित १० जना नेपालीको मृत्यु (विवरणसहित)

हाम्रो कोशी आवाज
असोज २१ २०८०, आइतबार
इजरायल आक्रमणमा सुनसरीका एकजनासहित १० जना नेपालीको मृत्यु (विवरणसहित)

धरानः इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।
इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेको नेपालीहरुले जनाएका छन् । यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।
मृत्यु हुनेमा सुनसरी मधुवनका राजेशकुमार सर्वांकर, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेशकुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेशराज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, डोटी पचनली ३ का राजन फुलरा, लमपिजब ८ डोटीका पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ।
त्यस्तै, ६ जना घाइते भएर उपचाररत रहेका छन् । एकजना सम्पर्कविहीन छन् ।

प्रकाशित मिति: असोज २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend