Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चाडपर्वका समयमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना, केहीपरे १०० फोन गर्न सकिने

हाम्रो कोशी आवाज
असोज २४ २०८०, बुधबार
चाडपर्वका समयमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना, केहीपरे १०० फोन गर्न सकिने

विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तरगत” चाडपर्वको समयमा यात्रुहरुलाई सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल दाहालका अनुसार नजिकिँदै गरेको विभिन्न चाडपर्वहरुलाई लक्षित गरी चाडबाडको समयमा यात्रा गर्दा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागि कोशी प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानहरुमा यात्रु सहायता कक्षको स्थानपना गरिएको हो ।
सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु, मातहतका प्रहरी कार्यालयहरू तथा यातायात व्यवसाय सम्बद्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी सेवा प्रवाह शुरु गरिएको छ ।
जस अन्तरगत मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रंगेली, झापाको बिर्तामोड बसपार्क, दमक नगरपालिका–६, मेचीनगर नगरपालिका–६ काकडभिट्टा, मेचीनगर नगरपालिका–१३, भद्रपुर नगरपालिका–५ र १० मा, बुद्धशान्ति गाउँपालिका–३ बुधवारेमा, ताप्लेजुङको तोक्मेडाडा, पाँचथरको फिदिम नगरपालिका पुरानो बसपार्कमा, धनकुटा बसपार्क, हिले, र भेडेटारमा, उदयपुरको बरुवा बसपार्कमा, तेह्रथुमको लालिगुराँस नगरपालिका–२ को गुराँस चोक र म्याङलुङ बसपार्कमा, सुनसरीको कोशी गाउँपालिका–४ शिवचोकमा र ईटहरी बसपार्कमा, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–५ आँवाडाडा, दुधकुण्ड नगरपालिका–७ जोर बौद्ध र दुधकुण्ड नगरपालिका–८ पतालेमा, इलामको सूर्योदय नगरपालिका–१० को फिक्कल र ईलाम नगरपालिका–५ बिब्ल्याटेमा, भोजपुरको भोजपुर नगरपालिका–६ देउराली, हतुवागढी नगरपालिका–१ घोरेटार, अरुण गाउँपालिका–६ जरायोटार र टेम्के मैयुम गाउँपालिका–३ दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण नगरपालिका–११ रमाईलोडाडा र मिलचौकमा र मानेभञ्याङ गाउँपालिका–७ हर्कपुरमा र सखुंवासभाको खाँदवारी नगरपालिका–१ बसपार्क र चैनपुर नगरपालिका–१ जिरोप्वाईन्टमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह शुरु गरिएको छ ।
यात्राको क्रममा यात्रु महानुभावहरुलाई कुनै प्रकारको असहजता, असुरक्षित महसुस भएमा र समानहरु छुटेमा नजिकको यात्रु सहायता कक्ष वा प्रहरीको हट लाइन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।

प्रकाशित मिति: असोज २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend