Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केदार कार्की बने काेशी प्रदेशकाे मुख्यमन्त्री

हाम्रो कोशी आवाज
असोज २७ २०८०, शनिबार
केदार कार्की बने काेशी प्रदेशकाे मुख्यमन्त्री

धरानः कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो ।
मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७-४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।
तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८९५० बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए ।
सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’
मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए ।
कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्री दाबी गरेका थिए। तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी भएन । र, कार्की बहुमतको सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए ।

प्रकाशित मिति: असोज २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend