Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कारपियोमा पेस्तोल र गोली फेला परेपछि तीनजना समातिए

हाम्रो कोशी आवाज
कार्तिक ४ २०८०, शनिबार
स्कारपियोमा पेस्तोल र गोली फेला परेपछि तीनजना समातिए

मोरङः धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोलसहित तीजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्य योजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको बिआर ०६ पिए १३६२ नम्वरको स्कारपियो गाडीलाई शंका लागि चेकजाँच गर्दा सो गाडीको ड्यासबोर्डभित्र लुकाइराखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली समेत फेला पारेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गाडीमा गोलीसहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा–७ का २७ वर्षीय रविन्द्रकुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा–७ का २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला–६ का २२ वर्षीय रामदयाल यादव समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कटुवा पेस्तोल सहति पक्राउ परेका तीनैजनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ४ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend