Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा प्रहरी जवानले आफैले टाउकोमाथि गोली हाने, गयो ज्यान

हाम्रो कोशी आवाज
कार्तिक ८ २०८०, बुधबार
सुनसरीमा प्रहरी जवानले आफैले टाउकोमाथि गोली हाने, गयो ज्यान

सुनसरी: कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले आफूलाई आफैँले गोली हान्दा मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका- ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो। घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ।

प्रकाशित मिति: कार्तिक ८ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend