Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कलेज पढ्दै गरेकी छात्रामाथि नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने दुईजना कारागार चलान

हाम्रो कोशी आवाज
कार्तिक १७ २०८०, शुक्रबार
कलेज पढ्दै गरेकी छात्रामाथि नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने दुईजना कारागार चलान

मोरङ विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक (गुरु) सामुहिक बलात्कारमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो ।
सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ । जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो ।

सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का स्थायी प्रशिक्षक थिए । विराटनगरकै एक होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूमाथि सामुहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।
प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो । बलात्कारमा दोषी ठहर भएका सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ । पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामुहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन् ।

प्रकाशित मिति: कार्तिक १७ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend