Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बियर फ्याक्ट्रीको मेसिनमा च्यापिएर एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २८ २०८०, मंगलबार
सुनसरीमा बियर फ्याक्ट्रीको मेसिनमा च्यापिएर एकजनाको मृत्यु

सुनसरीः सुनसरीको दुहबी ननरपालिका–३ सोनापुर स्थितमा रहेको प्रिमियर अर्गानिक बियर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ ।
स्थानीय १८ वर्षीय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका–१६ धौरी कि ५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् ।
गत २६ गते राति मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ वर्षीय जसबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । कुटपिटबाट घाइते भएकी सुनमायाको मंगलबार मृत्यु भएको कार्यालयले जनाएको छ भने घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: कार्तिक २८ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend