Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इलाम दुर्घटना अपडेटः विद्यार्थी बोकेको बस भीरबाट खस्दा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ४ २०८०, सोमबार
इलाम दुर्घटना अपडेटः विद्यार्थी बोकेको बस भीरबाट खस्दा दुईजनाको मृत्यु

इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्दा दुई जनाको ज्यान गएको छ।
इलाम जिल्ला प्रहरी प्रमुृख एसपी बासुदेव खतिवडाका अनुसार बसका चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस भीरबाट खसेको हो।
‘बसका चालक ४१ वर्षीय हरिगिन राउत प्रहरी नियन्त्रणमा छन्,’ एसपी खतिवडाले भने।
इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस रोङ गाउँपालिका ३ को कोलबुङमा दुर्घटनाग्रस्त भएको थियो।
प्रहरीका अनुसार शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम आएको टोलीमा विद्यार्थीका अभिभावक पनि थिए। धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा दुर्घटना भएको थियो।
दुर्घटनामा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० वर्षीया महिला तुल्मा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् ।
‍बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ ।
घाइतेको विवरण
३० वर्षीय गणेश कुमारी मुक्तान
११ वर्षीय समिक्षा मुक्तान
१२ वर्षीय बालक शेखर मुक्तान
१२ वर्षीय बालिका निर्जला मुक्तान
३६ वर्षीय महिला अन्जु तामाङ
२ वर्षीय नावालिका स्मिरिका तामाङ
११ वर्षीय बालिका रिजा लामा
११ वर्षीय बालिका काजल नायक
१४ वर्षीय बालिका नितिशा मुक्तान
११ वर्षीय बालिका निशु लामा
४० वर्षीय महिला सुनमाया लामा
२० वर्षीय महिला कबिता घिसिङ
१३ वर्षीय बालक शौगात लामा
१४ वर्षीय बालिका बर्षा तामाङ
१५ वर्षीय बालक सिद्धार्था तामाङ
१५ वर्षीय बालिका स्वेक्षा लोकचन
१२ वर्षीय बालिका विविशा लोकचन
१५ वर्षीय बालिका रोजिना तामाङ
२८ वर्षीय महिला कल्पना कुमारी लामा
२९ वर्षीय महिला शान्ता पाख्रिन
१८ वर्षीय महिला सान्ध्या मोक्तान
३५ वर्षीय महिला मनमती लामा
३० वर्षीय महिला ज्ञानु लामा
१८ वर्षीय महिला प्रतिक्षा लामा
४५ वर्षीय महिला लाल कुमारी लामा
, ४०वर्षीय पुरुष बीरबहादुर लोकचन
१५ वर्षीय बालक कर्ण मुक्तान
१५ वर्षीय बालक कुशुम घिसिङ
६० वर्षीय महिला शान्तमाया तामाङ
३५ वर्षीय पुरुष अनिल परियार )
२० वर्षीय महिला रचना घिसिङ
३५ वर्षीय पुरुष संजोक तामाङ
१८ वर्षीय महिला रेनु घिसिङ
१६ वर्षीय समिक्षा लामा

प्रकाशित मिति: मंसिर ४ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend