Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ट्याक्टरले च्यापेर युवाको मृत्यु, संखुवासभामा मोटरसाइकल दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ८ २०८०, शुक्रबार
धरानमा ट्याक्टरले च्यापेर युवाको मृत्यु, संखुवासभामा मोटरसाइकल दुर्घटनामा मृत्यु

सांकेतिक तस्वीर

धरानः धरानमा ट्याक्टरले च्यापेर एकजना युवाको मृत्यु भएको छ ।
धरान-५ देउरालीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१त ६३२५ नम्बरको इँट्टा लोड भएको ट्याक्टरको अगाडिको भाग अचानक पल्टिँदा ट्याक्टरले च्यापेर चालक रामधुनी–१ भातगाउँ बस्ने २६ वर्षीय विवेक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरले च्यापेर घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । खाल्डाखुल्डी सडक भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता संखुवासभामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । संखुवासभा धर्मदेवी–८ पिलुवा खोला छेऊस्थित लेगुवा सभाखोला सडक खण्डमा सभाखोलाबाट लेगुवातर्फ जाँदै गरेको को२३प ३५४७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
मोटरसाइकलमा पछाडि सवार सवार धनकुटाको महालक्ष्मी–६ बासपानी बस्ने सीताराम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचारका लागि ल्याउने क्रममा राति ७ बजे धनकुटा अस्पताल देखाउने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
चालक धनकुटा महालक्ष्मी–५ ज्यामिरे बस्ने २७ वर्षीय विकास राईको धनकुटा अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend