Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोरबाट सुरुङमार्फत् नभई कोशीको पानी धरान ल्याउन बजेट माग्दै हर्क साम्पाङ

हाम्रो कोशी आवाज
मंसिर १३ २०८०, बुधबार
तमोरबाट सुरुङमार्फत् नभई कोशीको पानी धरान ल्याउन बजेट माग्दै हर्क साम्पाङ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोशी नदीको पानी धरान ल्याउन बजेट विनियोजन तथा सहयोग माग्दै पत्राचार गरेका छन् ।
कोशी प्रदेश सरकारले काकाकुल धरानलाई तमोर नदीको पानी ल्याएर समस्या समाधान गर्ने योजना अघि सारेपछि उनले बजेट विनियोजन कोशी नदीकै लागि हुनुपर्ने जनाउँदै पत्राचार गरेका हुन् ।
मुख्यमन्त्री केदार कार्कीले गत शनिबार प्रदेशसभामा पेश गरेको बजेटको प्रतिस्थापन विधेयकमा धरानको खानेपानी समस्या समाधान गर्ने गरी तमोरको पानी ल्याउने योजना समेटेका थिए ।
धरानको मुख्य समस्याको रुपमा रहेको खानेपानीको समाधानका लागि संघीय सरकारले नै कोशी नदीबाट पानी ल्याउन योजनासहितको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना समेटिएपछि कार्यपालिका बैठकले समन्वय तथा पहल गर्न समिति गठन गरेको जनाएका छन् । उनले तमोरबाट सुरुङ बनाइ पानी ल्याउँदा सर्दु जलाधार क्षेत्र विनाश हुने र क्षति पुग्ने जनाएका छन् । उनले ‘धरानको भूगोल, वातावरणीय प्रभावलाई असर नपुग्ने गरी अध्ययन, अनुसन्धान सर्भे भइसकेकोले कोशीबाटै पानी ल्याउन बजेट विनियोजन गरियोस्’ भनेका छन् ।
मुख्यमन्त्री कार्कीले निजी क्षेत्रसँगको साझेदारीमा तमोरको पानी ल्याउन यसै वर्ष कार्य प्रारम्भ गरिने समेत जनाएका छन् ।

प्रकाशित मिति: मंसिर १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend