Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा हात्तीले कुल्चेर युवाको ज्यान गयो

हाम्रो कोशी आवाज
मंसिर १४ २०८०, बिहिबार
इटहरीमा हात्तीले कुल्चेर युवाको ज्यान गयो

धरानः इटहरीमा जङगली हात्तीले कुल्चेर एक युवाको ज्यान गएको छ ।
मृत्यु हुनेमा इटहरी–२ स्थित बुढासुब्बा चोकका रविन खडका रहेको प्रहरीले जनाएको छ । बुधबार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो ।
हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले कुल्चेको कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको छ । आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: मंसिर १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend