Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरको कवाडी गोदाममा भएको आगलागीबाट दुईजनाको मृत्यु, दुईको अवस्था गम्भीर

हाम्रो कोशी आवाज
मंसिर २० २०८०, बुधबार
विराटनगरको कवाडी गोदाममा भएको आगलागीबाट दुईजनाको मृत्यु, दुईको अवस्था गम्भीर

विराटनगर: सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका ७ स्थित मुख्य बजारको बीच सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार भएको आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार दिउँसो परफ्युमको बट्टा फुटाउने क्रममा गोदाममा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदारहरुले जनाएका छन् ।
आगलागीमा घाइते तीन जना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरको दुई वटा, दुहबी र सुन्दर हरैचाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: मंसिर २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend