Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेरि दौडिँदैछ धरान, धरानका जनप्रतिनिधि पनि दौडिँदै, जनप्रतिनिधिबीच पनि छुट्टै प्रतिस्पर्धा गराइने

हाम्रो कोशी आवाज
माघ १८ २०८०, बिहिबार
फेरि दौडिँदैछ धरान, धरानका जनप्रतिनिधि पनि दौडिँदै, जनप्रतिनिधिबीच पनि छुट्टै प्रतिस्पर्धा गराइने

धरानः १२ औं नेवाः च्यारिटी १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको छुट्टै प्रतिस्पर्धा गराइने भएको छ ।
स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वस्थ्य रहनुपर्छ भन्ने सन्देश दिनलाई यस पटकदेखि जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिस्पर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोस राईले जानकारी गराए । एकै समूहमा रनमा सहभागी भएपनि जनप्रतिनिधिहरुको छुट्टै नतिजा निकालिने छ ।
जुन वडाका जनप्रतिनिधि विजेता हुनेछ त्यस वडालाई १२ औं नेवा च्यारिटी रन च्याम्पियन वडा घोषण गरिने संस्थापक अध्यक्ष राईले जनाए । विजेता वडालाई विशेष ट्रफीको व्यवस्थासँगै विजेता खेलाडीलाई समेत विशेष पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । धरान उपमहानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य गरी एक सय २ जना जनप्रतिनिधिहरु छन् । मेयर, उपमेयर र वडाध्यक्षलाई निःशुल्क फर्म उपलब्ध गराइनेछ भने वडा सदस्यहरुले भने सःशुल्क फर्म भर्नुपर्नेछ । फर्म भरेवापत सम्पूर्ण सहभागीहरुलाई टिसर्ट, टाइम चिफ, मेडल, प्रमाणपत्र, पानी र जुस आयोजकले उपलब्ध गराउने छ ।
‘स्वच्छ धरान, स्वस्थ्य धरान’ नाराका साथ धरान रन समूह २०६७ सालमा स्थापना भएको हो भने आधिकारिकरुपमा २०६८ सालमा दर्ता भई नेवाः च्यारीट रन प्रतियोगिताको सुरुवात गरेका हुन् । धरान रनले हरेक शनिबार यलम्बर पार्कमा ३ कि.मि. रन गराउँदै आइरहेको छ ।
धरान रनको आयोजनामा फागुन १२ गते सम्पन्न हुन लागेको १२ औं नेवाः च्यारिटि १० के रनमा चार हजार जनाले सहभागिता जनाउने आयोजक धरान रनका अध्यक्ष रोमु राईले जानकारी गराए । रनमा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरुले सहभागिता जनाउनेछन् । दौड प्रतिश्पर्धामा खुलातर्फका महिला पुरुष बिजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी १२ वर्षमुनिका, १६ वर्षमुनिका र ४० वर्ष माथिका महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । ६० वर्ष माथिका सुपर भेट्रानका विजेता महिला पुरुषले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत साल ३ हजार ५ जना धावकधाविकाहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: माघ १८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend