Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटक आयभन्दा विदेश पढ्न जानेले लगे धेरै विदेशी मुद्रा, लगे १ खर्ब रुपैयाँ

हाम्रो कोशी आवाज
माघ २४ २०८०, बुधबार
पर्यटक आयभन्दा विदेश पढ्न जानेले लगे धेरै विदेशी मुद्रा, लगे १ खर्ब रुपैयाँ

धरानः पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले लैजाने विदेशी मुद्रा परिमाण बढी देखिएको छ ।
चालु आर्थिक वर्ष (आव) पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये शिक्षातर्फ ५८ अर्ब ९५ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
गत आर्थिक वर्ष पहिलो ६ महिनामा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड थियो । गत वर्षको तुलनामा भ्रमण आय ४४.४ प्रतिशतले बढ्दा भ्रमण व्यय ६०.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
भ्रमण व्ययमा उच्च वृद्धि हुँदा पनि अन्य सेवा आयातमा बाहिरिने विदेशी मुद्रा घट्दा सेवा घाटा भने बढेको छैन । चालु आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा खुद सेवा आय ३६ अर्ब २२ करोडले घाटामा थियो ।

प्रकाशित मिति: माघ २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • विदेशबाट फर्केर बराहक्षेत्रमा च्याउखेती, वार्षिक लाखौं आम्दानी

    धरानः वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • १३२ केभी सबस्टेसन सञ्चालन

    धरानः मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन...

    • १ दिन अगाडी
    • ३ मिनेट पाठ
  • मह, मौरी र मौरीघार बिक्रीबाट लाखौं आम्दानी

    –ईश्वर थापा धनकुटा: कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका...

    • २ दिन अगाडी
    • ५ मिनेट पाठ
  • धरान र इटहरीका व्यवसायी फूल किन्न खेतमै पुग्छन्

    सुनसरी : तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठा जग्गामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि...

    • ४ दिन अगाडी
    • ३ मिनेट पाठ
  • कोशी ब्यारेजको विकल्पमा ४३ अर्बमा लामो पुल बन्दै

    धरानः कोशी ब्यारेजको विकल्पमा सुनसरीको राजाबासदेखि सप्तरीको कञ्चनपुरसम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी तीव्र पारिएको छ । एसियाली विकास बैंक (एडीबी) को...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • ५ दिन अगाडी
    • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend