Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको नवोदय स्कुलमा कम शुल्कमा गुणस्तरीय शिक्षा, नयाँ ढङ्गले चल्ने, स्कुल इन्चार्जमा निरकुमार राई

हाम्रो कोशी आवाज
बैशाख ४ २०८१, मंगलबार
धरानको नवोदय स्कुलमा कम शुल्कमा गुणस्तरीय शिक्षा, नयाँ ढङ्गले चल्ने, स्कुल इन्चार्जमा निरकुमार राई

धरानः धरान-१६ स्थित नवोदय जमानाअनुसारको शिक्षा दिने विद्यालय हो । ‘कम शुल्क गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ स्थापित विद्यालय अहिले समयअनुसार चलिरहेको विद्यालय सञ्चालकहरु बताउँछन् ।
‘धरानका अधिकांश बोर्डिङ स्कुलहरुले महङ्गो शुल्क लिन्छन्’, अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘हामी कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नेछौं ।’ युएन, नवोदय कलेजमा प्ले ग्रुपदेखि ब्याचलर्स लेवलसम्म पठनपाठन हुँदै आएको र थोरै शुल्क लिएर पनि धान्न सक्ने अवस्थामा पुगिसकेको उनले बताए । नयाँ व्यवस्थापनका साथ नयाँ ढङ्गले स्कुल सञ्चालन गर्न लागिएको उनको भनाइ छ । शिक्षा सर्वसुलभ हुनुपर्छ भनेर आफूले पनि बुझेको र अतिभन्दा अति न्युन शुल्कमा पठनपाठन अघि बढाइने उनले जानकारी दिए ।
सबै अभिभावकको पहुँच नपुग्ने परिस्थितिलाई नजरअन्दाज गरी समय सान्दर्भिक कम शुल्क, समाजका सबै वर्ग र तहका विद्यार्थीका लागि समयसापेक्ष आम जनमानसको माग अनुसारको अङ्ग्रेजी माध्यमको शिक्षा सर्वसुलभरूपमा प्रदान गर्ने उद्देश्यका साथ आफूहरु लागिपरेको प्रिन्सिपल डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘विश्वमा बदलिएको शैक्षिक परिवेशलाई म्याच गर्ने गरी शिक्षा प्रदान गर्नु हामीले आफ्नो दायित्व सम्झेका छौं,’ प्रिन्सिपल तुम्बापोले भने, ‘त्यसैले बालबालिकाहरूलाई समयानुकूल गुणस्तरीय शिक्षा प्रदान गर्न कम शुल्कमा पठनपाठन गर्ने हाम्रो जमर्को निरन्तर जारी छ ।’ उनले प्ले ग्रुपमा मासिक १५ सयदेखि शुल्क लिइएको र कक्षावाइज शुल्क बढाउँदै लिइने गरिएको जानकारी दिए । उनले अन्य स्कुलबाट आएका कक्षा प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई पनि विशेष छुट दिइने जानकारी दिए ।
भौतिक पूर्वाधारले सम्पन्न आफ्नै भवन, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, सफा स्वच्छ खानेपानी, स्कुल बस विद्यालयको विशेषता तथा सुविधाहरू हुन् । यस्तै, बालमैत्री विद्यालय, अनुभवी शिक्षक–शिक्षिकाहरुबाट अध्यापन गराइने, मन्टेश्वरी प्रयोगात्मक कक्षा, भूकम्प प्रतिरोधात्मक भवन, विद्यार्थीको स्वास्थ्यमा प्राथमिकता, स्वास्थ्य जाँचको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप साथै खेलकुदमा विशेष जोड दिँदै आएको छ । ‘यी पूर्वाधार, सुविधा हुँदाहुँदै पनि हामीले कम शुल्कमा, धेरै शुल्क नलिइकन गुणस्तरीय, व्यवहारिक, संस्कारयुक्त, आत्मनिर्भरमुखी शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य छ ।’ प्रिन्सिपल तुम्बापो भन्छन् ।
गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भिजन र मिसन
नयाँ शैक्षिक सत्र २०८१ बाट स्कुललाई थप व्यवस्थित साथै नयाँ ढङ्गले सञ्चालन गर्ने भएको छ । धरानमा नाम चलेका प्रिन्सिपलमध्येका निरकुमार राई स्कुल इन्चार्जका रुपमा टिममा भित्रिएका छन् । ‘धरानमा चर्चित, विद्यार्थीलाई कसरी सक्षम, योग्य, अनुशासित बनाउनुपर्छ भन्ने ध्येयले लागेका अनुभवी निरकुमार राई पनि टिममा जोडिनुभएको छ’, प्रिन्सिपल तुम्बापोले भने, ‘उहाँको आगमन साथै प्राज्ञिक, बौद्धिक व्यक्तित्वले सञ्चालन गरेको स्कुलले थप फड्को मार्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।’
स्कुल इन्चार्ज राईले आफूले यसअघि देखाएको सक्रियता र सोहीअनुसारको व्यवहार विद्यार्थी, अभिभावक साथै शुभचिन्तकलाई देखाउने बताए ।

प्रकाशित मिति: बैशाख ४ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend