धरानः धरान–१ स्थित धरानको पुरानो बोर्डिङ स्कुल धरान आदर्श बोडिङ स्कुलले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
एसईई परीक्षा २०८० का उत्तीर्ण विद्यार्थीैहरुलाई स्कुलले सो कार्यक्रम आयोजना गरेको हो । आइरन गेटको रुपमा रहेको एसईई परीक्षामा उत्तीर्ण भई उच्च शिक्षा आर्जनको लागि तयारी भएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
धरान आर्दशका विद्यार्थीहरुले ५ जनाले ए प्लससहित नतिजा ल्याउन सफल बनेका छन् । पढाईमा मात्र नभएर विभिन्न अतिरिक्त कार्यक्रममा समेत अब्बल रहेको धरान आदर्शमा हरेक प्रतियोगितामा बिजेता बन्ने गरेका छन् ।
प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई पढाईमा अघि बढ्नको लागि थप प्रोत्साहन गर्नको लागि बधाई ज्ञापन कार्यक्रम आयोजना गरिएको बताए ।
धरान आदर्श भौतिक पूर्वाधारमा अब्बल बोर्डिङ स्कुलको रुपमा रहनुका साथै पठनपाठनमा पनि अब्बल रहेको छ । प्लस टु लेवलमा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल धरान आदर्शमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, शिक्षा, फुड एण्ड न्युटेसन लगायतको विषयमा कक्षा–११ मा पठनपाठन हुने गरेको छ ।


