Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आदर्शः उत्कष्ट पठनपाठन र नतिजासँगै प्रदेश नं १ मै सर्वोत्कृष्ट

हाम्रो कोशी आवाज
असार १८ २०८१, सोमबार
धरान आदर्शः उत्कष्ट पठनपाठन र नतिजासँगै प्रदेश नं १ मै सर्वोत्कृष्ट

अमेरिकामा एक छात्रले पाए २ करोड १० लाख रुपैयाँको छात्रवृत्ति

धरानः ‘उत्कृष्ट पठनपाठन र नतिजाः धरान आदर्श बोर्डिङ माविको विशिष्टता’ भन्ने शैक्षिक उद्देश्य राखेर वि.सं. २०६९ सालमा धरान नागरिक शैक्षिक क्षेत्रमा विशेष दक्षता भएका प्राध्यापकहरु स्थापना गरिएकोयस धरान आदर्श बोर्डिङ मावि विगत ११ वर्षको इतिहासमा दुईपटक कक्षा–१२ को वार्षिक परीक्षामा र्बोडमा प्रथम हुने धरान नागरिको एक मात्र कलेज हो । विद्यार्थीहरुको क्षमता तथा मनोविज्ञान बुझेर विद्यार्थीहरूको लुकेको प्रतिभालाई प्रस्फुटन गराई शैक्षिक गतिविधिमा अब्बल नतिजा ल्याउन सफल धरानको एक मात्र कलेज हो धरान आदर्श बोर्डिङ मावि ।
वि.सं २०७१ सालको वार्षिक परीक्षामा भेषराज राई विज्ञान सङ्कायबाट बोर्डमा प्रथम हुन सफल भए र त्यसैगरी व्यवस्थापन सङ्कायबाट मुना कोइराला २०७३ सालमा ८८ प्रतिशत नतिजासहित बोर्डमा प्रथम हुन सफल भइन् । आजको मितिसम्म धरान नगरका कुनै अन्य कलेजको विद्यार्थीहरु बोर्डमा प्रथम हुन सफल भएका छैनन् । त्यसैगरी वि.सं. २०८० सालमा विज्ञान सङकायका अभिजन पौडेलले अमेरिकाको Evansville युनिभर्सिटीमा २ करोड १० लाख रुपैयाँको छात्रवृत्तिमा इञ्जिनियरिङ सङकायमा अध्ययन गरिरहेको र सो अमेरिकाको युनिभर्सिटीमा पनि प्रथम हुन सफल हुन सफल भएको कलेजका प्राचार्य लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । ‘यो हामी धरानवासीहरुको लागि गौरवको विषय हो ।’ उहाँले भन्नुभयो । “Dharan Adarsha College makes and breaks new records in results every year”

यस कलेजमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थपन, शिक्षाशास्त्र सङकाय, मानविकी तथा सामाजिक शास्त्र सङकाय, Tourism and Mountaineering आदि विषयहरु अध्यापन हुने जानकारी यस कलेजका प्राचार्य लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी यस कलेजमा ख्यातिप्राप्त पिएचडी गरेका प्राध्यापकहरुले अध्यापन गराउने कुरा धरान आदर्श कलेजकी अध्यक्ष सुनिता नेउपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो’, ‘धरान आदर्श कलेज धरान नगरमा नै सबैभन्दा बढी विद्यार्थीहरु उत्तीर्ण गराउने कलेज हो । २०७९ सालको कक्षा १२ को वार्षिक परीक्षामा ३८३ विद्यार्थीहरु उत्तीर्ण भएको समेत उहाँले जानकारी दिनुभयो । यस कलेजमा विज्ञान र व्यवस्थापन सङकायका विद्यार्थीहरुलाई बेग्ला बेग्लै भवनमा अध्यापन गराइन्छ ।

यस कलेजमा अब्बल तथा मेधावी विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिन्छ । त्यसैगरी खेलकुद, नृत्य, गायनको उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । हिसान, एन–प्याब्सन तथा राष्ट्रपति खेलकुद कार्यक्रममा यस धरान आर्दश कलेजका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेर पुरस्कार प्राप्त गर्न सफल भएका छन् । यस वर्षको SEE Singing Idol को प्रतिस्पर्धामा यस धरान आदर्श बोर्डिङ माविकी कुसुम (क्यामरिन) माझी प्रथम भएकी छिन् । त्यसैले यस धरान आदर्श कलेज उत्कृष्ट विद्यार्थीहरुको धरान नगरमा पहिलो रोजाईको कलेज बन्न सफल भएको कलेजका प्राचार्य लोकेन्द्र श्रेष्ठले बताउनुहुन्छ ।
कलेजले विद्यालय, जिल्ला टपर, दलित, जनजाति, मधेशी, मुस्लिम, अपाङ्ग, शहिद, एकल महिला, गरिब र पिछडिएकाहरुलाई पनि विशेष प्राथमिकता दिने गरेको छ । विद्यार्थीलाई विशेष सहुलियत र छात्रवृत्ति दिने गरेको छ ।
विगत वर्षहरुमा उत्कृष्ट नतिजा, चाहेको सबै विषय एकैठाउँ पठनपाठन, अनुभवी, अध्यापकहरु, ‘टपिक्सवाइज’ प्राक्टिकल शिक्षा, धरानभरी बसको व्यवस्था आदि धरान आदर्शको विशेषता रहेको प्राचार्य लोकेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले यहाँ उत्पादित विद्यार्थी त्रिभुवन युनिभर्सिटीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहजै नाम निकाल्न सफल हुँदै आएकोले गर्व गर्ने ठाउँ रहेको बताउनुहुन्छ । उहाँले विद्यार्थीहरूको मनोविज्ञान अनुसार पठनपाठन गरिने हुनाले पनि कलेजले सफलता हासिल गर्दैै गएको समेत बताउनुभयो । ‘पठनपाठन उत्कृष्ट हुँदा नतिजा पनि उत्कृष्ट हुने हो’, उहाँले भन्नुभयो, ‘धरान आदर्शमा अहिलेसम्मको नतिजा हेर्दा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा पुगेर विद्यार्थीले नाम निकालेको पाउँदा हामी अत्यन्त हर्षित र गौरवान्वित छौं ।’ धरान आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, एजुकेशन, हयुम्यानिटीज, सोसल साइन्सेज, टुरिजम एण्ड माउन्टेन, फुड एण्ड न्युट्रीसन र कम्प्युटर साइन्स सङकायको पठनपाठन हुँदै आएको छ ।

प्रकाशित मिति: असार १८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend