धरानः भदौ १४ बाट प्रदर्शनमा आउन लागेको चलचित्र बर बधुको प्रचारप्रसारका लागि कलाकारको टोली धरानमा आइपुगेको छ ।
नायक विवेक कर्मचार्य, नायिका आँचल शर्मा, किरण केसी, मिलन चाम्सलगायतको टोली धरान आइपुगेको हो । करिब पाँच करोडमा निर्माण भएको चलचित्रको मिलन चाम्सले निर्देशन गरेका छन् । निर्देशक चाम्सले चलचित्र निकै राम्रो बनेको बताए ।
डेब्यु गरेका नायक विवेकलाई एक लभर केटो तथा एक्सन अवतारको रुपमा देख्न सकिन्छ भने नायिका आँचललाई हट अवतारमा देख्न सकिन्छ । चलचित्रमा प्रेम, रोमान्स कथा विषय वस्तुलाई समेटिएको चाम्सले जानकारी दिए । उनका अनुसार चलचित्रको छायाङ्कन युरोपियन मुलुक रोमानिया साथै फ्रान्समा गरिएको उनको भनाइ छ ।
चलचित्रमा नवनायक विवेक, आँचल, किरणका साथै विजय लामा, गरिमा शर्मा, बिजु पर्की सरिता लामिछाने, कुसुम शर्मा, सृष्टी खडका, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सीता न्यौपाने लगायत कलाकारहरुले अभिनय रहेको जनाइएको छ ।
चलचित्रको निर्मात्री जानुका थापा रहेकी छिन् । चलचित्रमा अन्जु पन्त, प्रताप दासले संगीत भरेका छन् । चलचित्रको लेखक प्रदीप भारद्वावज हुन् । रोमानियाँको सुन्दरताले भिडियो चित्ताकर्षक बनेको निर्देशक चाम्सले जानकारी दिए ।





