Hamro Koshi Aawaj

शनिबार, कार्तिक १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट बढ्यो

हाम्रो कोशी आवाज
कार्तिक १ २०८३, शनिबार
धरानको बीपी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट बढ्यो

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट सङ्ख्या बढाएर १३० पुर्‍याइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले प्रतिष्ठानमा एमबीबीएसतर्फको सिट सङ्ख्या बढाउने निर्णय गरेको हो ।
प्रतिष्ठानमा सिट वृद्धि भएसँगै दुवै संस्थामा एमबीबीएस अध्ययनका लागि विद्यार्थी भर्ना क्षमता बढेको छ। गत वर्ष सरकारी शिक्षण संस्थामा सिट वृद्धि नभएको अवस्थामा यस वर्ष भने सरकारी संस्थामा मात्रै सिट थप गरिएको छ।
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि प्रतिष्ठान र काठमाडौँस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि ३०–३० सिट थप गरेको छ। दुवै संस्थामा यसअघि १००–१०० सिट कायम रहेकामा अब १३०–१३० सिट पुगेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ तथा चिकित्सा शिक्षा आयोगले स्वीकृत गरेका न्यूनतम मापदण्ड र सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ का आधारमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सिट निर्धारण गरिएको हो ।
आयोगले चिकित्सा शिक्षाको गुणस्तर मूल्याङ्कन तथा सम्बन्धित मापदण्डका आधारमा विभिन्न शिक्षण संस्थाको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend