Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी स्कुल पढ्ने चारु राई उपमहानगरव्यापी नृत्यमा प्रथम

हाम्रो कोशी आवाज
भाद्र १२ २०८१, बुधबार
धरानको सुनाखरी स्कुल पढ्ने चारु राई उपमहानगरव्यापी नृत्यमा प्रथम

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले धरान उपमहानगरव्यापी एकल नृत्य प्रतियोगितामा प्रथम भएकी छात्रा चारु राईलाई सम्मान गरेको छ ।
स्कुलका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । स्कुलका डाइरेक्टर प्रदीपकुमार राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई लगायतले छात्रा चारुलाई अविर, खदा र सम्मान पत्रले सम्मान गरे ।
स्कुलले पढाइका साथ साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिएको हुनाले कुनै पनि प्रतियोगितामा विद्यार्थीहरू रित्तो हात नफर्किएको प्रिन्सिपल मिलन राईले बताए ।
धरान जेसिजले आयोजना गरेको धरान जेसिज वर्ष–२०२४ अन्तर्गत पहिलो दिन शनिबार धुलिखेल समाजको सभा हलमा भएको प्रतियोगितामा सुनाखरीको कक्षा–६ मा अध्ययनरत छात्रा चारु प्रथम भएकी थिइन् ।

प्रकाशित मिति: भाद्र १२ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend